०८ असार २०८३, सोमबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका मुख्य कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका मुख्य कार्यसूची

शुक्रवार प्रतिनिधि सभाको बैठक बस्दै छ । 

संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूची रहेका छन् । 

आज बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार, अर्थमन्त्री  शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र  “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्नेछन् ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै सांसद प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत
गर्ने कार्यसूची रहेको छ ।

सुवालले “विनियोजन अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नेछन् भने “आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नेछन् ।

यस्तै सुवालले  नै “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नेछन् ।

 

salt training

कमेन्ट गर्नुहोस्