२१ जेठ २०८३, बिहीबार

कन्दहारमा समेत तालिबानको कब्जा, काबुलमा छ नजर

साउन २९, २०७८
कन्दहारमा समेत तालिबानको कब्जा, काबुलमा छ नजर

तालिबान लडाकूहरूले अफगानिस्तानको दोस्रो सबभन्दा ठूलो शहर कन्दहार कब्जामा लिएको दाबी गरेका छन् । अफगान सुरक्षाबलका लागि त्यो निकै ठूलो धक्का हो । 

प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले दिएको खबरअनुसार, तालिबानले गर्भनरको कार्यालय र अन्य भवन पनि नियन्त्रणमा लिएको छ । अफगान सरकारले यसलाई स्वीकार गरिसकेको भने छैन । 

शहर तालिबानको कब्जामा गएको भए पनि विमानस्थलमा सरकारी फौजकै नियन्त्रण रहेको बताइएको छ । 

यसअघि तालिबानले देशको तेस्रो ठूलो शहर हेरातमा पनि कब्जा गरेका थिए । काबुलबाट १३० किलोमिटर पर रहेको गजनी शहर पनि बिहीवार तालिबानको कब्जामा छ । 

विगत एक सातामा तालिबानले अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये ११ मा नियन्त्रण कायम गरेको छ । कन्दहार पनि लिएपछि १२औं राजधानी तालिबानको पकडमा छ । अब उसको नजर देशको राजधानी काबुलमा छ ।

देशमा हिंसा रोक्ने शर्तमा अफगान सरकारले तालिबानलाई सत्ता साझेदारीका लागि निम्तो गरेको एक सरकारी स्रोतले अलजजीरा टेलिभिजनलाई बताएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्