
अमेरिकाले अमेरिकी दूतावासका कर्मचारीलाई अफगानिस्तानबाट सुरक्षित बाहिर निकाल्नका लागि तीन हजार सैनिकहरूलाई त्यहाँ पठाउने भएको छ ।
तालिबानले देशका विभिन्न भागमा एकपछि अर्को विजय प्राप्त गरिरहेपछि काबुल पनि ३० दिनभित्र तालिबानको नियन्त्रणमा पुग्ने अमेरिकी अधिकारीहरूले बताएको भनी अमेरिकी सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
तालिबानबाट आफ्ना कर्मचारीलाई जोगाउनका लागि अमेरिकाले यो कदम चालेको हो ।