१२ साउन २०८३, मंगलबार

बालुवाटारअगाडि विरोध प्रदर्शन गर्ने शिक्षकहरू प्रहरी नियन्त्रणमा

बालुवाटारअगाडि विरोध प्रदर्शन गर्ने शिक्षकहरू प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्न पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले प्रदर्शनमा पुगेका अनुमानित करीब शिक्षकहरूलाई नियन्त्रणमा लिएको हो । 

महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरूको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्च मावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्नेलगायतका विभिन्न मागहरू राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्