
खोप केन्द्र जान असमर्थ तथा अशक्त नागरिकलाई घरमै पुगेर कोभिडविरुद्धको खोप उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
प्रवेश केसी निवेदक रहेको रिटमाथि प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रवार उक्त आदेश गरेको हो ।
संवैधानिक हकको प्रचलनको परिप्रेक्ष्यमा खोप केन्द्र जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने, अन्य माध्यमबाट पहिचान गरी घर-घरमा पुगी खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको निर्वाहको लागि कार्यक्रम सञ्चालन गर्नु गराउनु भनी सरकारको नाममा अन्तरिम आदेश जारी गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको उक्त रिटमाथि बाटोको म्याद बाहेक १५ दिन भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेश गर्न समेत आदेश गरिएको छ।