२५ असार २०८३, बिहीबार

कोरोना अपडेट : नेपालमा कुल संक्रमित संख्या ८ लाख नाघ्यो

कोरोना अपडेट : नेपालमा कुल संक्रमित संख्या ८ लाख नाघ्यो

पछिल्लो २४ घन्टामा तीन हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७६३ पीसीआर र एक हजार १५२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ८ लाख २ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार २३९ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ७९ हजार ४९५ पुगेको छ । 

हाल मुलुकभर ३८ हजार ७९८ सक्रिय संक्रमित छन् । 

salt training

कमेन्ट गर्नुहोस्