१२ असार २०८३, शुक्रबार

प्रदेश २ का जिल्लामा उम्मेदवार छान्दै काँग्रेस

कात्तिक २०, २०७४
प्रदेश २ का जिल्लामा उम्मेदवार छान्दै काँग्रेस
ललितपुर, ३० जेठ - असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मनोनयन नजिक आइसक्दा पनि नेपाली काँग्रेसले अझै सबै उम्मेदवार टुङ्ग्याउन सकेको छैन । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको सोमबारको बैठकले पनि सबै प्रदेशको उम्मेदवार टुङ्गाउन सकेन । दोस्रो चरणको निर्वाचनका लागि असार २ गते मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ, आजको गोरखापत्रमा खबर छ ।nepali-congress
पार्टीले प्रदेश नं. १ का अन्य जिल्लामा उम्मेदवारी टुङ्गो लगाए पनि मोरङ र सोलुखुम्बुको उम्मेदवारी टुङ्गो लगाउन बाँकी छ । दुई जिल्लामा विवाद रहेकाले टुङ्गो लगाउन सोमबार अबेरसम्म गृहकार्य भए पनि मङ्गलबारमात्र टुङ्गो लाग्ने पार्टी केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।
यसैगरी प्रदेश नम्बर २ को उम्मेदवार टुङ्ग्याउन सबैभन्दा बढी समस्या परेको छ । प्रदेश नम्बर २ का सबै जिल्लाबाट अझै उम्मेदवारको नाम सिफारिस भएर केन्द्रसमक्ष आइसकेको छैन । सोमबारसम्ममा पर्सा जिल्लाका उम्मेदवारको नाम पार्टीको केन्द्रीय कार्यसम्पादन समितिसम्म आइपुगेको बताइएको छ ।
रौतहट र सिराहा जिल्लाको जिल्ला नेतृत्व सम्भावित उम्मेदवार छनोटका लागि काठमाडौँमा नै बैठकमा व्यस्त रहेका जानकारी केन्द्रसम्म आएको छ । महोत्तरी र धनुषाबाट पनि नामावली प्राप्त नभइसकेको पार्टी सचिवालयले जनाएको छ । तराईका जिल्लाबाट मङ्गलबारसम्म नामावली दिइसक्न पार्टी केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्