
मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १६४ घर खरको छानोमुक्त भएका छन् ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन् ।
३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
संघीय सरकारले उपलब्ध गराएको रकम ५० हजार रुपैयाँको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो । प्रदेश सरकारका तर्फबाट २५ लाख र स्थानीय सरकारका तर्फबाट २५ लाख गरी कूल ५० लाखमार्फत १२५ घरधुरीलाई ४० हजार रुपैयाँका दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो ।
गाउँपालिकाका अधिकांश घर पछिल्लो पटक खरको छानोमुक्त बनेका छन् ।