२१ जेठ २०८३, बिहीबार

मकवानपुरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाबारे कार्यशाला

साउन ३०, २०७८
मकवानपुरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाबारे कार्यशाला

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको विषयमा हेटौंडामा शुक्रवार अद्यावधिक कार्यशाला गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित विपद्को जोखिम र त्यसको न्यूनीकरणको विषयमा कार्यशालामा छलफल भएको थियो ।

विपद् आउनुअघि त्यसको रोकथाम र नियन्त्रणको लागि समितिले स्थानीय तह, राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको हो ।

कार्यक्रममा उपस्थितले जथाभावी रूपमा हुने नदीजन्य उत्खननले विपद्को जोखिम बढाइरहेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्लाको विभिन्न स्थानीय तहको प्रमुख/उपप्रमुख, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्