२२ जेठ २०८३, शुक्रबार

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज यी नदीहरूमा पानीको बहाव बढ्ने
प्रतिकात्मक तस्वीर

अविरल वर्षाका कारण आज शनिवार देशका केही नदीमा पानीको बहाव बढ्ने भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिवार कोशी, कर्णाली र यिनका सहायक नदीमा बहाव बढ्ने देखिएको छ ।

नारायणी, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।

तिनाउ, पश्चिम राप्ती, बबई लगायतका मझौला नदीहरूमा बहाव बढ्ने र सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्