११ असार २०८३, बिहीबार

राजपा फकाउँदै देउवा–दाहाल

कात्तिक २०, २०७४
राजपा फकाउँदै देउवा–दाहाल
काठमाडौं, ३० जेठ- सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई चुनावमा सहभागी गराउन अझै प्रयास जारी राख्ने भएका छन् ।prachanda deuba

निर्वाचनकै मुखमा राजपाले चुनाव सार्न माग गर्दै आन्दोलन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको छलफलमा १४ असारको निर्वाचन पछि नसार्ने सर्तमा राजपाले उठाएका माग सम्बोधन गर्न सकिनेजतिमा लचकता अपनाएर अघि बढ्ने सहमति भएको खबर राजधानी दैनिकमा छ ।

देउवा र दाहालले १४ असारको निर्वाचन भने कुनै पनि सर्तमा पछि सार्न नसकिने तर उनीहरूले उठाएका मागमा अझै पनि सक्नेजतिमा लचकता अपनाएर पुनः वार्ता र सहमति गर्ने समझदारीसमेत गरेका छन् । प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले राजपालाई निर्वाचनमा कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । दाहालका प्रेस सहयोगी मनोहरि तिमल्सिनाले १४ असारका निर्वाचन पछाडि नसार्ने गरी राजपालाई निर्वाचनमा सहभागी गराउन अझै छलफल गरेर जाने सहमति जुटेको बताए ।

यसअघि राजपाले निर्वाचनपछि संविधान संशोधन गर्न लिखित सम्झौता गर्नुपर्ने, स्थानीय तह वृद्धि गरेर कार्यान्वयन गर्नुपर्ने त्यसपछि मात्र निर्वाचनको वातावरण बन्ने भन्दै १४ असारको निर्वाचन मिति पछाडि सार्न माग गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्