
पाल्पामा बुवाले हानेको भरुवा बन्दुकको छर्राले लागेर शनिवार छोराको मृत्यु भएको छ ।
रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।
५६ वर्षीय कर्णबहादुरले शुक्रवार साँझ ६ बजे भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई हान्दा छर्राले छोरालाई लागेको थियो ।
स्याललाई ताकेको बन्दुकको छर्राले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।