१७ असार २०८३, बुधबार

द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा

साउन ३०, २०७८
द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा

द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्करूपमा प्रयोगमा ल्याइएको छ ।

चालू आर्थिक वर्षको २०७८/७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम साउनबाटै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नलिने भएको हो ।

विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले ३ नगर बस सञ्चालन गरिरहेको छ भने २ एम्बुलेन्स चलाउँदै आएको छ ।

सेवामा सहजता ल्याउन थप २ नगर बस खरिदको तयारी गरिएको नगर प्रमुख विशाल शर्माले बताए । उनका अनुसार गर्भवती र सुत्केरी, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, सशस्त्र द्वन्द्व तथा जनआन्दोलनका घाइते, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार र शहीद परिवारका सदस्यले यो सेवा निःशुल्क पाउने छन् ।

यसैगरी पूर्ण अशक्त, अति अशक्त भएका व्यक्ति र अतिविपन्न परिचयपत्र प्राप्त गरेकालाई पनि निःशुल्क सेवा दिइने छ ।

salt training

कमेन्ट गर्नुहोस्