
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले लमजुङका बाढीपहिरो पीडितलाई साढे ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कार्यालयले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत दोर्दी गाउँपालिका–८ स्थित हिलेबजारका २४ घरधुरी र खिन्चोकबेंसीका ६ घरधुरी गरी ३० घरधुरीलाई शनिवार सहयोग गरेको हो ।
दोर्दीका अध्यक्ष ओमलाल गुरुङ, सोही वडाका वडाध्यक्ष तुलबहादुर गुरुङ, रेडक्रस गण्डकी प्रदेशका कोषाध्यक्ष नारायण घिमिरे, जिल्ला सभापति दीपक बराल लगायतले प्रतिपीडित परिवार १५ हजार रुपैयाँका दरले हस्तान्तरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति बरालले बाढीपहिरो पीडितका लागि आवास पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षाले आर्थिक सहयोग गरेको बताए ।