३१ जेठ २०८३, आइतबार

१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने मोदीको घोषणा

साउन ३०, २०७८
१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने मोदीको घोषणा


भारतले पाकिस्तानको स्वतन्त्रता दिवसलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरेको छ ।

पाकिस्तानले शनिबार ७५औं स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका हुन् ।

ट्वीट्मा उनले भनेका छन्, “देशको विभाजनको पीडालाई कहिल्यै बिर्सन सकिँदैन । घृणा र हिंसाका कारण हाम्रा लाखौं दाजुभाइ र दिदी बहिनी विस्थापित हुनुका साथै ज्यान गुमाए । उनीहरुकै बलिदान र संघर्षको यादमा १४ अगस्टलाई ‘विभाजन र विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरिएको छ ।”

उनले यस दिनले भेदभाव, वैमनस्य र दुर्भावनाको विषलाई हटाउनका लागि मात्र नभइ एकता, सामाजिक सद्भाव र मानवीय संवेदना पनि मजबुत हुने विश्वास व्यक्त गरे । यता पाकिस्तानले भने मोदीको अभिव्यक्तिको कडा विरोध गरेको छ ।

बेलायतको अधिनबाट भारतको मुक्ति र विभाजन एकै साथ भएको थियो । भारतले भने अगस्ट १५ मा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्