२४ जेठ २०८३, आइतबार

अनुदानका लागि फर्म दर्ताको होडबाजी

साउन ३१, २०७८
अनुदानका लागि फर्म दर्ताको होडबाजी

तनहुँमा अनुदान तथा सहुलियत कर्जा लिन चाहनेको होडबाजीले कृषिसँग सम्बन्धित फर्म दर्ता गर्ने क्रम बढेको छ।
घरेलु तथा साना उद्योग कार्यालय दमौलीमा दर्ता गर्नेमा कृषि तथा पशुपन्छीसम्बन्धी फर्म अन्यभन्दा धेरै गुणा बढी छन्। आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार एकवटा उद्योग दर्ता भएकामा कृषि तथा पशुपन्छी फार्मको सङ्ख्या मात्र एक हजार २१९ रहेको छ। यस्तै पर्यटनमा ३२३, सेवामूलकमा ३११ र निर्माण उद्योगमा १९ वटा फर्म दर्ता भएका छन्।

 सङ्घीय, प्रदेश र स्थानीय सरकारले कृषिमा दिने अनुदान लिन अनिवार्य फर्म दर्ता गर्नुपर्ने प्रावधानले दिनहुँ कृषि फर्म दर्ता गर्नेको भीड लाग्ने गरेको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्