
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।
शनिबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
आजको बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रचण्डको प्रतिवेदनमा छलफलका लागि ११ वटा उपसमूह बनाइएको छ ।
समूहगत रूपमा छलफल पछि टोली नेताहरूले समूहको निश्कर्ष केन्द्रीय कमिटी बैठकमा राख्नेछन् ।
माओवादी केन्द्रको हिजो बसेको बैठकमा प्रचण्डले पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्न प्रस्ताव गरेका छन् ।
केन्द्रीय कमिटीले राष्ट्रिय सम्मेलनको मिति पनि टुंगो लगाउने छ ।
त्यसबाहेक, सरकारमा सहभागी हुने मन्त्रीकाे नाम पनि यही बैठकबाट टुंगाे लगाउने माओवादी केन्द्रकाे तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारकाे तयारी गरेकाले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीकाे नाम चाडाे टुंगाे लगाउनुपर्ने छ ।