०८ असार २०८३, सोमबार

शिक्षक–शिक्षिकालाई प्रविधि तालिम

शिक्षक–शिक्षिकालाई प्रविधि तालिम

कोरोना भाइरसका कारण विद्यालयहरू बन्द हुँदा अनलाइन माध्यमबाट भए पनि केही विद्यालयहरूले पठनपाठन गराइरहेका छन् । 

तर, प्रविधिमा ज्ञानको कमी भएकै कारण शैक्षिक सामग्री निर्माणमा भने शिक्षकलाई कठिन हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै प्रविधिमैत्री शिक्षक समाज नेपालले शिक्षकहरूलाई अनलाइन माध्यमबाट तालिम दिने गरेको छ । 

कतिपय शिक्षक शिक्षिकाहरू कम्प्युटर ल्यापटप चलाउन नजान्ने भएकै कारण पठनपाठनमा समस्या भएको निष्कर्ष निकाल्दै समाजले शिक्षक शिक्षिकाहरूलाई मोबाइलबाट शैक्षिक सामग्री बनाउन सिकाएको हो । 

‘तालिम र ज्ञान अभावकै कारण समस्या भएको हो,’ प्रविधि शिक्षक समाज प्रदेश १ का सचिव छत्रपति दाहाल भन्छन् ‘शिक्षकशिक्षिकाहरूलाई पनि परिस्थितिले प्रविधि सिक्न बाध्य बनायो ।’

उनका अनुसार एक हजारभन्दा बढी शिक्षक-शिक्षिका तालिममा सहभागी हुने गरेका छन् । विज्ञहरू बोलाएर तालिम दिइने गरेको प्रविधि शिक्षक समाजका मोरङ अध्यक्ष चेतनाथ निरौलाले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्