११ असार २०८३, बिहीबार

हत्याका मुख्य अभियुक्त एक वर्षपछि पक्राउ

हत्याका मुख्य अभियुक्त एक वर्षपछि पक्राउ

‘ग्याङ फाइट’मा हत्या भएको घटनाका मुख्य अभियुक्तलाई मोरङ प्रहरीले झन्डै एक वर्षपछि पक्राउ गरेको छ ।

मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले ग्रामथान–२ का ३१ वर्षीय कृष्ण चौधरीलाई शनिवार पक्राउ गरेको हो । पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त हुन् ।

घटनापछि चौधरी लामो समयदेखि फरार थिए । दुहबीमा बस्दै आएका चौधरीलाई प्रहरीले सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चौधरीलाई मोरङ अदालतमा पठाइएको उनको भनाइ छ । 

गत भदौ १२ गते भएको ‘ग्याङ फाइट’मा धारिलो हतियार प्रहार गरी घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो । 

प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा यसअघि ६ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।

बेलबारी नगरपालिका–५, तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ)लाई प्रहरीले पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्