२१ जेठ २०८३, बिहीबार

काबुल प्रवेश गरे तालिबान

साउन ३१, २०७८
काबुल प्रवेश गरे तालिबान
फाइल तस्वीर।

तालिबान लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेको अफगानिस्तानको गृहमन्त्रीले आइतवार बताएको खबर विभिन्न सञ्चारमाध्यमले दिएका छन् । 

अहिले काबुलमा साइन बजिरहेको र विभिन्न ठाउँमा गोली चलेको बताइएको छ । शहरको मध्यभागमा अनेकौं हेलिकप्टरहरू उडिरहेका छन् । 

तालिबानले काबसलाई बलपूर्वक नियन्त्रणमा लिने कुनै योजना नरहेको बताएको छ । आफ्ना लडाकूहरू काबुलको बाहिरी भागमा पुगेको भनी उसले बयान जारी गरेर बताएको छ । 

‘जीवन, सम्पत्ति तथा सम्मानलाई सम्झौता नगरिकनै संक्रमण प्रक्रिया सुरक्षित तवरले सुनिश्चित गर्न कुराकानी चलिरहेको छ । काबुलीहरूको जीवनमा कुनै सम्झौता गरिने छैन,’ तालिबानले बतायो । 

‘इस्लामिक अमिरातले सबै लडाकूहरूलाई काबुलको द्वारमा उभिन अनि शहर नपस्न भनेको छ,’ तालिबानले एक प्रवक्ताले ट्वीट गरी बताए । तर काबुलका स्थानीयहरूका अनुसार, लडाकूहरू शान्तिपूर्ण तरिकाले शहरमा पसेका छन् । 

आत्तिएका कर्मचारीहरू सरकारी कार्यालय भवन छोडेर भागेका छन् । हजारौं सर्वसाधारण काबुलका पार्क र खुला ठाउँमा बसिरहेका छन् । उनीहरूलाई भविष्यको भय छ । 

तीनजना अफगान अधिकारीहरूले दी एसोसिएटेड प्रेसलाई लडाकूहरू काबुलको कालाकान, काराबाग र पागमानमा प्रवेश गरिसकेको बताए । 

काबुल पुग्दै गर्दा तालिबानले लडाकूहरूलाई हिंसा नमच्चाउन र शहर छोडेर जान चाहनेलाई सुरक्षित यात्रा गराउन भनेको छ । महिलाहरूलाई सुरक्षित स्थानतर्फ जान पनि भनेको छ । 

salt training

कमेन्ट गर्नुहोस्