२१ जेठ २०८३, बिहीबार

महिला फुटबल : २८ खेलाडी छनोट, १७ बाहिरिए

महिला फुटबल : २८ खेलाडी छनोट, १७ बाहिरिए

एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । 

राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिकबाट १७ खेलाडी बाहिरिँदा यसअघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेकामध्ये १७ खेलाडी बाहिरिएको बताएको हो ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो चरणका लागि ४५ खेलाडीबाट २८ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । एन्फाले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । तर, परीक्षाको कारण नेपाल पुलिस क्लबका पाँच खेलाडी र एक खेलाडी कोरोना संक्रमणको कारण उपस्थित नभएको एन्फाले जनाएको छ ।

एएफसी महिला एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । 

एसियाली फुटबल महासंघले सुरुवाती चरणमा छनोट खेल नेपालमा नै आयोजना गर्ने भने पनि कोरोनाको बढ्दो संक्रमणका कारण तटस्थस्थल उज्वेकिस्तानमा आयोजना गर्ने जनाएको छ ।

छनोट खेल १३ देखि २५ सेप्टेम्बरसम्म हुँदैछ । २८ टोलीलाई ८ समूहमा विभाजन गरी छनोट खेल सञ्चालन हुन लागेको प्रतिस्पर्धाबाट समूहको शीर्ष टोलीले अर्काे वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्