
अफगानिस्तानको राजधानी काबुलको बाहिरी भागमा तालिबान लडाकूहरू आइपुगेपछि सरकारले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने तयारी गरेको बीबीसीले खबर दिएको छ ।
देशका कायममुकायम गृहमन्त्रीले एउटा भिडियोमा आएर संक्रमणकालीन सरकार बनाउनका लागि शान्तिपूर्ण सत्ता हस्तान्तरण गरिने बताए । उक्त भिडियो स्थानीय टोलो टीभीले प्रसारण गरेको छ ।
उनले काबुलमा तालिबानले आक्रमण नगर्ने बताए ।
तालिबानका वार्ताकारहरू शक्ति हस्तान्तरणका लागि कुराकानी गर्न राष्ट्रपति भवनतर्फ जाँदै गरेको एपीले खबर दिएको छ ।
तालिबानले यसअघि आफ्ना लडाकूहरूलाई काबुल शहरको मुख्यद्वारमा बसिरहन निर्देशन दिएको छ ।