०५ साउन २०८३, मंगलबार

अफगान राष्ट्रपति गानीले आजै राजीनामा दिन सक्ने अल अरेबियाको दाबी

साउन ३१, २०७८
अफगान राष्ट्रपति गानीले आजै राजीनामा दिन सक्ने अल अरेबियाको दाबी

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले अबको केही घन्टाभित्र राजीनामा दिन सक्ने अल अरेबिया पत्रिकाले स्रोतहरूलाई उद्धृत गर्दै दाबी गरेको छ । 

देशको गृह मन्त्रालयले लडाइँ नगरिकनै शक्ति हस्तान्तरण गर्ने बताएको छ । 

तालिबानले पनि काबुलमा हिंसा नगर्ने र कसैविरुद्ध पनि प्रतिशोध लिन नचाहेको बताएको छ । सरकार र सेनामा काम गरेका सबैलाई माफी दिने उसले दाबी गरेको छ । 

तालिबान लडाकूहरू काबुल आइपुगेपछि स्थानीयहरूले बैंकबाट धमाधम पैसा झिक्न थालेका छन् । बैंकमा पैसा सकिएपछि ढोका बन्द गरिएको थियो । 

अमेरिका, बेलायत र युरोपेली संघले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ सारेका छन् । रुसले भने काबुलस्थित दूतावासबाट आफ्ना कर्मचारी अन्त नलग्ने बताएको छ । 

रुसको सरकारी समाचार संस्था तासमा आएको खबरअनुसार, तालिबानले रुसी दूतावासको सुरक्षाको प्रत्याभूति गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्