०४ असार २०८३, बिहीबार

काबुलमा तालिबान आइपुगेपछि स्थानीयहरू तनावमा

काबुलमा तालिबान आइपुगेपछि स्थानीयहरू तनावमा

तालिबान लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा आइपुगेपछि स्थानीयहरूमा भय छाएको छ । 

धेरैजसो पसल र बजार बन्द गरिएका छन् । आफूहरूलाई अहिलेको जस्तो चिन्ता यसअघि कहिले पनि नलागेको स्थानीयहरूले बताए । 

सरकारी कार्यालयहरू पनि बन्द गरिएका छन् । सेना र प्रहरीले विभिन्न स्थानमा ड्युटी पोस्ट समेत त्यागेका छन् । 

केही क्षेत्रमा गोली चलेको बताइएको छ । तर यसको पुष्टि भएको छैन । 

तालिबान लडाकूहरू काबुलका विभिन्न प्रवेशद्वारमा आइपुगेका छन् र उनीहरूलाई आक्रमण नगर्न निर्देशन दिइएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्