०४ असार २०८३, बिहीबार

जहाँ विवाहमा बेहुलाले लगाउँछन् बेहुलीका कपडा र गरगहना

भदौ ३, २०७८
जहाँ विवाहमा बेहुलाले लगाउँछन् बेहुलीका कपडा र गरगहना
सांकेतिक तस्वीर

सामान्यतया विवाहमा दुलाहादुलहीले विशेष पहिरन लगाउँछन् । 

विवाहमा आकर्षक, मूल्यवान कपडा लगाउने संस्कार विगतदेखि नै हो । 

तर कतिपय ठाउँमा विवाहको समयमा बेहुलीले बेहुलाको कपडा लगाउने प्रचलन रहेको छ । जुन कुरा पहिलोपटक सुन्दै हुनुहुन्छ भने तपाईंलाई अचम्म लाग्न सक्छ । 

दुलहीको पहिरन दुलाहाले लगाउने परम्परा भारतको आन्ध्र प्रदेशको दक्षिण गोदावरी जिल्लामा रहेको छ । 

त्यहाँको गन्नामनि समूदायका मानिस यस्तो अनौठो प्रथाको पालना गर्दछन् । 

यो परम्परा आजको होइन, निकै पूरानो समयदेखि रहिआएको छ । 

यस परम्पराअनुसार ती समूदायका मानिसहरूमध्ये हर दुलाहाले दुलहीको कपडा पहिरिन्छन् ।

विवाहमा यो समूदायका बेहुला बेहुलीको कपडामात्र लगाउँदैन, गरगहना तथा अन्य आभूषण पनि लगाउँछ ।  

कतिपयले यस प्रथालाई पुरुष र महिलाबीचको विभेद अन्त्य गर्ने एक तरिका भएको समेत बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्