×

NMB BANK
NIC ASIA

एमाले विवादमा विशेष प्याकेज

एमाले विवादमा विशेष प्याकेज – भाग २ : ‘सूर्य’को प्रकाशबाहिर कहाँ छ माधव नेपालको स्पेस ?

भदौ १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दल विभाजनका लागि प्रावधान खुकुलो बनाउँदै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिश गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनको संघारमा पुगेको छ ।

Muktinath Bank

केही दिनअघि बाग्मती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषण गर्ने क्रममा माधव नेपालले पार्टी एकताको अन्तिम पर्खाइमा रहेको बताए पनि अध्यक्ष केपी शर्मा ओली र नेता नेपालको सम्बन्ध पुनर्मिलन हुनै नसक्ने अवस्थामा पुगिसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीसँग कुनै हालतमा मिल्न नसक्ने बरू नयाँ बाटो रोज्नुपरे रोज्ने स्पष्ट विकल्प लिएर माधव नेपाल अगाडि बढेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

लामो समय माधव नेपालसँग संगत गरेका तर अहिले ओली खेमामा रहेका केन्द्रीय सदस्य विष्णु रिजाल नेता नेपालले पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँछन् । ‘अहिलेको विवादलाई माधव नेपालले नयाँ पार्टी बनाउने अवसरका रूपमा लिनुभएको छ,’ रिजालले भने ।

Vianet communication
Laxmi Bank

दोस्रो तहका नेताहरूले एमालेको आन्तरिक विवाद मिलाउन भरमग्दुर प्रयास गरेका छन् । तर, अपेक्षाकृत नतिजा निकाल्न सकेका छैनन् । 

एमाले विवाद समाधानका लागि सुझाव दिन गठन गरिएको तर, ओलीले एकपक्षीय रूपमा विघटन गरेको कार्यदलका सदस्यहरूले १० बुँदे जस्तो टालटुले विधि अपनाएकाले एमालेको विवाद झन् गिजोलिएको पार्टी पोलिटब्यूरो सदस्य एवं पुराना कम्युनिष्ट नेता प्रदीप नेपालको बुझाइ छ ।

पछिल्लो समय माधव नेपाललाई भेटेर पार्टी विवादका बारेमा छलफल गरेका नेताहरूको निष्कर्ष छ, एमालेको विवाद तत्काल मिल्दैन र पार्टी फुट्छ । पार्टी विवाद नमिल्ने देखेर नै नेपालले पार्टीमा समानान्तर गतिविधि तीव्र बनाउन निर्देशन दिएका हुन् । 

बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्ने क्रममा उनले भनेका थिए, ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने, सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हट्नुहुँदैन । तर, त्यो अन्तिम उपाय मात्रै हुनेछ ।’

एमालेको फूट ओली र नेपाल दुवैका लागि श्रेयस्कर नभएको अर्का पुराना कम्युनिष्ट नेता आरके मैनालीले बताए ।

‘एमालेको आन्तरिक विवादका कारण अहिले राष्ट्रिय राजनीति नै संकटमा छ । पार्टी फुट्यो भने राष्ट्रियता कमजोर हुन्छ’, मैनालीले भने । 

अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्नु गल्ती भएको स्वीकार गर्दै आत्मालोचना गर्नुपर्ने माधव नेपालको माग छ । ओली त्यसका लागि तयार छैनन् । 

शुरूमा माधव नेपाल पक्षले पार्टी अध्यक्ष ओलीसँग वार्ता र समानान्तर गतिविधि सँगसँगै अगाडि बढाउने रणनीति अख्तियार गरेको थियो ।

माधव नेपाल आफैँ पनि ओली पक्षका नेतासँग निरन्तर संवादमा रहे ।

नेपाल पक्ष सम्मिलित नभएको केन्द्रीय कमिटीले विधान संशोधन प्रस्ताव अनुमोदन गरेपछि एमाले एकताको प्रयास बिथोलिएको भनिएको थियो । तर, त्यो बैठकपछि पनि माधव नेपालले विष्णु पौडेलसँग छलफल गरे । केन्द्रीय कमिटीको बैठकपछि विष्णु पौडेलले कोटेश्वरस्थित माधव नेपाल निवासमै गएर लामो छलफल गरेका थिए । 

सँगसँगै नेपालले आफू पक्षका नेता कार्यकर्तालाई समानान्तर गतिविधि तीव्र बनाउन निर्देशन दिए । कतिपय नेताहरूलाई त नेपाल आफैँले फोन गरेर समानान्तर पार्टी गतिविधि बढाउन निर्देशन दिएको उनी निकट नेताहरू बताउँछन् । 

विवाद नमिल्ने अवस्थामा पार्टी पुनर्गठन गर्ने रणनीतिमा माधव नेपाल छन् ।

‘हाम्रो विकल्प भनेकै पार्टी पुनर्गठन हो । वडातहसम्म नै ओलीको भन्दा राम्रो र प्रभावकारी पार्टी बनाउँछौं’, नेपाल पक्षकी केन्द्रीय सदस्य निरादेवी जैरू भन्छिन् ।  

आफ्नो जीवनको ५ दशकको ऊर्जा खर्चिएको पार्टीबाट बाहिर निस्किँदा कहाँ छ त माधव नेपालको स्पेस ? जैरूले दाबी गरेजस्तै ओलीको भन्दा राम्रो र प्रभावकारी पार्टी बनाउने सम्भावना छ ? एमालेबाहिर माधव नेपालका विकल्पबारे केही चर्चा गरौं ।

समाजवादी केन्द्रको चर्चा

एमालेबाट अलग्गिएर माधव नेपालले माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई मिलाएर नयाँ पार्टी बनाउन सक्ने चर्चा पनि राजनीतिक वृत्तमा छ ।

माधव नेपाललाई अध्यक्ष बनाएर समाजवादी केन्द्र बनाउने आन्तरिक सहमति नेपाल–प्रचण्डका बीचमा रहेको कतिपय नेताहरू नै बताउँछन् ।

एमाले नेता प्रदीप नेपालले पनि यस्तो सम्भावना रहन सक्ने बताए । 

‘प्रचण्ड र बाबुरामले माधव नेपाललाई नराम्रो मान्दैनन् । उनीहरू मिलेर एउटा पार्टी बनाउन सक्छन् तर, त्यो पनि दीर्घकालीनचाहिँ जाँदैन । नयाँ पार्टी बन्यो भने तत्कालीन घाटाचाहिँ केपी ओलीलाई नै हुन्छ’, नेपालले भने ।

प्रचण्डसँग मिलेर पार्टी बनाउने कुरा माधव पक्षका दोस्रो तहका नेताहरूले अस्वीकार गर्ने सम्भावना मैनालीले देखेका छन् ।

‘प्रचण्ड आफैँमा समस्या हुन् । उनलाई सधैँ सँगै लिएर हिँड्दा ठूलो समस्या भोग्नुपर्छ भन्ने कुरा माधव पक्षका दोस्रो तहका नेताहरूलाई राम्रोसँग थाहा छ । यो विकल्पमा उनीहरू तयार हुँदैनन् जस्तो लाग्छ’, मैनालीले भने । 

यसरी पार्टी बन्यो भने माधव नेपाल तावाबाट उछिट्टिएर भुङ्ग्रोमा परेको माछो जस्तो हुने मैनालीले बताए ।

नेपाल समूहमा उनी पछिका प्रभावशाली नेता भीम रावल र प्रचण्डको सम्बन्ध पछिल्लो समय बिग्रिएको छ । प्रचण्डले रावललाई ओलीको प्रभावमा परेको आरोप लगाएका छन् भने रावलले एमाले फुटाउन खोजेको आरोप प्रचण्डलाई लगाएका छन् ।

सानो पार्टी बनाउने, अध्यक्ष रहने

ओलीसँग मिल्न नसक्दा माधव नेपालको अर्को विकल्प भनेको अहिले आफूसँग रहेका नेता कार्यकर्ताको साथमा नयाँ पार्टी बनाउने र त्यसको नेतृत्व गर्ने पनि हुन सक्ने मैनालीले बताए ।

केही समयअघि माधव नेपालले भनेका थिए– ठूलो भीड गलत कुराको पछि लागेको छ भनेर जानेपछि एक्लै भए पनि सही मार्गतर्फ लाग्नुपर्छ । उनको यो भनाइले केपी ओली पक्ष गलत बाटोमा रहेको भन्ने अर्थ लाग्छ ।

केपी ओलीसँग मिल्न नसक्ने अवस्थामा बरू नारायणमान बिजुक्छे जस्तो सानो पार्टी बनाएर रहने विकल्पको बारेमा पनि नेपालले सोचेको हुन सक्ने मैनालीको बुझाइ छ । 

 


hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x