२३ जेठ २०८३, शनिबार

उर्मिला श्रेष्ठको नेतृत्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन

उर्मिला श्रेष्ठको नेतृत्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन

नेपाल चेम्बर अफ कमर्सले  उपाध्यक्ष उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन गरेको छ । 

नव गठित महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया चयन भएका छन् । 

यस्तै समितिको सल्लाहकारहरूमा अन्जना ताम्राकार, शान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय रहेका छन् । 

समितिको सदस्यहरूमा राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवी पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् ।  

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान समेत गरेका छन् । 

उक्त अवसरमा अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु पर्ने बताएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्