२३ जेठ २०८३, शनिबार
एमाले विबाद

ओलीले गरेको कारवाही सदर नगर्न माधव नेपाल पक्षद्वारा संसद् सचिवालयलाई पत्र

ओलीले गरेको कारवाही सदर नगर्न माधव नेपाल पक्षद्वारा संसद् सचिवालयलाई पत्र

माधव नेपाललगायत १४ जना सांसदमाथि गरिएको कारवाही रोक्न माग गर्दै नेपाल पक्षले संघीय संसद् सचिवालयका महासचिवलाई पत्र पठाएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललगायत १४ जनालाई सांसद सदस्यबाट हटाउन संसदमा पत्र दर्ता गराएका थिए । १४ जनाको हस्ताक्षरसहितको पत्र लिएर कारवाहीमा परेका सांसद जीवनराम श्रेष्ठ र विरोध खतिवडा संसद् सचिवालय सिंहदरबारतिर लागेका छन् । 

ओलीले दर्ता गराएको कारवाहीको पत्र आज सभामुख अग्नि सापकोटाकोमा पुगेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्