अचेल धेरैले म्यासेज पठाउन ह्वाट्सएप प्रयोग गर्छन् । यसमा कतिपय कन्टेन्ट वा व्यक्तिगत च्याट अरू कसैले नहेरोस् भन्ने चाहना हुन्छ ।
तपाईंका पनि यस्तै च्याटहरू लुकाउने पर्नेछ भने यो उपाय काम लाग्न सक्छ ।
यसरी गर्नुहोस् टच र फेस आइडी एक्टिभेट
- व्यक्तिगत च्याटलाई लुकाउन टच वा फेस आइडीको प्रयोग गर्न सकिन्छ ।
- यी दुवै फिचरलाई एक्टिभेट गर्नका लागि सबैभन्दा पहिले सेटिङमा जानु पर्ने हुन्छ ।
- यहाँ तपाईलाई प्राइभेसीको अप्सन देखिनेछ, त्यसमा क्लिक गर्नुहोस् ।
- अब स्क्रिन लकमा ट्याप गर्नुहोस् ।
- त्यसपछि टस र फेस आइडीको विकल्प देखिने छ ।
- यी दुईमध्ये एउटा फिचर एक्टिभ गर्न सकिने छ ।
व्यक्तिगत च्याट अर्काइभ गर्न सकिन्छ
- ह्वाट्सएप खोल्ने र त्यसपछि जसको च्याट लुकाउने हो त्यसमा ट्याप गर्नुहोस् ।
- अब त्यो च्याटलाई ट्याप गरेर होल्ड गर्नुहोस् ।
- त्यसपछि माथि केही विकल्प देखिने छ ।
- यसमा एउटा एरोको विकल्प हुनेछ, जुन तीन डट्स नजिकै हुनेछ, त्यो अर्काइभ बटन हो ।
- अर्काइभ बटनमा ट्याप गर्नुहोस् ।
- यसमा ट्याप गरेपछि च्याट अर्काइभ हुनेछ र कसैलाई पनि देखिने छैन ।
नोटः जब तपाईंलाई त्यो च्याट हेर्नुपर्ने हुन्छ तब ह्वाट्सएप च्याटभन्दा सबैभन्दा तल स्क्रोल गर्नुपर्ने छ, जहाँ तपाईंलाई अर्काइभ्डको विकल्प देखिनेछ । यसमा ट्याप गरेर तपाईंले अर्काइभ गरेको च्याट हेर्न सक्नु हुनेछ ।