
नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि अन्तिम तयारी गरिरहेको छ ।
बानेश्वरको अर्याल होटलमा नेताहरूबीच छलफल र हस्ताक्षर संकलन चलिरहँदा उक्त पक्षका दुई नेता निर्वाचन आयोग पुगेर फर्किएका छन् ।
हस्ताक्षर संकलनको नेतृत्व गरेका नेता राजेन्द्र पाण्डे र नेतृ रामकुमारी झाँक्री निर्वाचन आयोग पुगेर फर्किएका हुन् ।
फर्किने क्रममा पाण्डेले आफूहरू तयारीमै रहेको र फेरि पनि आउने बताए ।
स्रोतका अनुसार पाण्डे र झाँक्री नयाँ दल दर्ताको प्रक्रिया लगायतका कुरा बुझेर फर्किएका हुन् ।
पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तयारी भएको आयोगमै पुगेका अर्का एक नेताले बताए ।
माधव नेपाल अध्यक्ष रहने र केन्द्रीय कमिटी ९५ सदस्यीय बनाउने तयारी भएको उनले जानकारी दिए ।
चुनाव चिह्न खुला किताब वा खुला किताबभित्र सूर्य राख्ने विषयमा छलफल भइरहेको छ ।