३१ जेठ २०८३, आइतबार

कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय २ हप्ताका लागि बन्द

भदौ २, २०७८
कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय २ हप्ताका लागि बन्द
प्रतिकात्मक तस्वीर

कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय सुर्खेत २ हप्ताका लागि बन्द भएको छ ।

७ कर्मचारीमा संक्रमण र अन्य कर्मचारी टे«सिङमा परेपछि बुधवारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जनाएको छ । 

कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरू आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए । यसअवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ ।

‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो संख्यामा कर्मचारीहरूमा संक्रमण देखियो,’ उनले भने, ‘संक्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो संख्या बढ्न सक्छ ।’ 

सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ । प्रदेश राजधानी भएकाले जग्गा खरिदबिक्रीको कारोबार बढी हुने गरेको हो ।’

salt training

कमेन्ट गर्नुहोस्