०५ साउन २०८३, मंगलबार

नयाँ दल दर्ता गर्न महन्थ ठाकुरलगायतका नेताहरू निर्वाचन आयोगमा

नयाँ दल दर्ता गर्न महन्थ ठाकुरलगायतका नेताहरू निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ता गर्न महन्थ पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् । 

महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू आयोगमा पुगेका हुन् । 

महतोले आफूहरू दल दर्ता गराउन आएको बताए । ‘चुनाव चिह्न साइकल माग गरिएको छ,’ उनले भने, ‘पहिलेको कार्यकारिणी समितिका १६ र संसदीय दलका साथीहरूमध्ये १५ जना सांसदहरू यो दर्ता गराउने प्रक्रियामा हुनुहुन्छ ।’ उनले रेशमलाल चौधरी पनि आफूसँग भएको बताए । ‘रेशमलाल चौधरीले पनि औपचारिक रुपमा हाम्रो पार्टीलाई सहमति पठाउनु भएको छ,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्