
बुधवार नेप्से सूचकले नयाँ रेकर्ड कायम गरेको छ भने कारोबार रकम पनि रेकर्ड नजिक पुगेको छ।
यस दिन नेप्से सूचक झण्डै ३२०० विन्दु नजिक पुग्दा कारोबार रकम २१ अर्ब माथि छ।
बुधवार नेप्से सूचक ३७.८७ अंकले बढेर ३१९८.१९ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ सूचक पनि ४.८३ अंकले बढेको छ ।
यो नेप्से सूचकले कायम गरेको हालसम्मकै नयाँ उचाइ हो। यसअघि नेप्से सूचकले ३१७८.९१ विन्दुको रेकर्ड बनाएको थियो । बुधवार उक्त रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो ।
बुधवार कारोबार रकम समेत रेकर्ड नजिक पुगेको छ।
यस दिन कारोबार रकम २१ अर्ब ३१ करोड रुपैयाँभन्दा माथि पुगेको छ।
यसअघि नेप्सेमा २१ अर्ब ५३ करोड रुपैयाँसम्मको शेयर कारोबार भएको थियो।
बुधवार कुल २ सय २८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
बुधवार ९ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधवार अरुण भ्याली हाइड्रोपावर, अरुण कावेली हाइड्रोपावर, शिवम सिमेन्ट्स र जिवन विकास लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने आँखुखोला हाइड्रोपावरको ९.९८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ९.९६ प्रतिशत र गुडविल फाइनान्सको ९.४० प्रतिशतले बढेको छ ।
यस्तै एनआइविएल प्रगति फण्डको ४.६१ प्रतिशत घटेको छ ।
बुधबार नेश्नल हाइड्रोपावरको सबैभन्दा धेरै ७८ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बुधबार पनि विकास बैंक र फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण कायमै रहेको देखिएको छ।