०५ असार २०८३, शुक्रबार

माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिह्न यसअघि नै ‘बुक’, दर्ता नहुँदै विवाद

माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिह्न यसअघि नै ‘बुक’, दर्ता नहुँदै विवाद

माधव नेपाल पक्षले नयाँ दल दर्ताका लागि प्रस्ताव गरेको चुनाव चिह्न अर्कै दलले पहिले नै प्रस्ताव गरेको खुलेको छ । 

उन्नत लोकतन्त्र पार्टीले आफ्नो चुनाव चिह्न छड्के खुला किताब भएको जनाएको छ । 

सो पार्टीका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफूहरूको पार्टीको सम्पूर्ण प्रक्रिया साउन १८ गते पूरा भएको बताएका छन् । उनले माधव पक्षले पनि सोही चुनाव चिन्ह प्रस्ताव गर्ने तयारी गरेपछि आफूहरु निर्वाचन आयोगको ध्यानकर्षण गराउन आएको बताए । ‘ध्यानाकर्षण गराउँदा–गराउँदै माधव पक्षहरूलाई सो चुनाव चिह्न दिइयो भने भोलि नै हामी सर्वोच्च अदालत जान्छौँ,’ उनले भने ।

उन्नत लोकतन्त्र पार्टीको अध्यक्ष स्वागत नेपाल भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्