३१ जेठ २०८३, आइतबार

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध

भदौ २, २०७८
सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध
प्रतिकात्मक तस्वीर

उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको मकालु गाउँपालिका क्षेत्रको सडक पहिरोले अवरुद्ध भएको छ ।

मकालु–३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि संखुवासभाको भोटखोला जाने उत्तर दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिए ।

अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको र बिहीवार बिहानसम्म सडक खुल्ने प्रमुख इन्जिनीयर श्रेष्ठले बताए । कोशी राजमार्गको पहिरो हटाउन उत्तर दक्षिण सडक कार्यालयलाई निर्देशन दिइसकेको र बिहीवार बिहानसम्म सडक खुलाउने प्रयास भइरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनाराण पौडेलले बताए ।

पहिरो हटाउँदा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ड्याम साइडमा ढुंगा खस्ने भएका कारण आयोजनाको काम रोक्न लगाएर पहिरो हटाउन थालिएको प्रजिअ पौडेलले बताए ।

सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौं यात्रु नयाँबस्ती नजिकै अलपत्र परेको मकालु–३ का वडाध्यक्ष टेकबहादुर राईले बताए । त्यस क्षेत्रमा लगातार सुक्खा पहिरो खसिरहने भएका कारण बेलाबेला कोशी राजमार्गको भोटखोला सडकखण्ड अवरुद्ध हुने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्