०१ साउन २०८३, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिए राजीनामा

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राति प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा राति नै स्वीकृत समेत भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले विभाजित भएपछि पार्टी एकता जोगाउन तथा सत्ता टिकाइराख्न संस्थापन पक्षले नयाँ मुख्यमन्त्रीको रुपमा यसअघि माधव कुमार नेपाल पक्ष भनेर चिनिने अष्टलक्ष्मी शाक्यलाई अघि सारेको छ ।

सोही अनुसार बुधबार संसदीय दलको बैठक राखेर शाक्यलाई एमाले संसदीय दलको नेता चयन गरिएको छ भने मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्