
बुधबार राति मुख्यमन्त्री नियुक्त भइ पद तथा गोपनीयताको शपथ लिएकी अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद गठन गरेकी छन् ।
उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी छन् भने कृष्ण खनाललाई सामाजिक विकास मन्त्री बनाएकी छन् । अन्य मन्त्रालयमा भने पछि नियुक्त गरिनेछ ।