३१ जेठ २०८३, आइतबार

४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा

भदौ ३, २०७८
४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा
फाइल तस्बिर

सशत्र विद्रोही समूह तालिबान लडाकुले काबुल कब्जा गरेपछि गत सोमबारदेखि अफगानिस्तानमा अलपत्र नेपाली कामदारको उद्धार थालिए पनि अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् । नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएको हो ।

वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने कार्यमा संस्थागत रूपमा संलग्न दुईवटा मेनपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार काठमाडौंको एफएसआई ओल्ड मेनपावर कम्पनी र युनिभर्सल कनेक्सन मेनपावर कम्पनीले सो जानकारी गराएको विभागले जनाएको छ ।

यी दुई मेनपावर कम्पनीले हालसम्म अफगानिस्तानबाट ३ सय ३० जना नेपाली कामदारको सकुशल उद्धार भइसकेको जानकारी दिए । मेनपावर कम्पनीले विभागलाई ३ सय ३० जना कामदारलाई उनीहरू कार्यरत सम्बद्ध नियोग र कार्यालयले कतारको राजधानी दोहामा ल्याइसकेको जानकारी दिएको छ ।

विभागले पनि अहिलेसम्म ४ सय ३७ जना नेपाली सम्पर्कमा आएर काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार गर्न जाने विमानको प्रतीक्षामा रहेको जानकारी सम्बन्धित मेनपावर कम्पनीले दिएको बताएको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्