
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले न्युन चापीय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेको भन्दै बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको जनाएको छ ।
जसका कारण बिहीबार बिहान गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक देखि र सामान्य बदली रहेको छ।
यसैगरी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।