२७ जेठ २०८३, बुधबार

तालिबानले हात पार्‍यो हतियारहरूको भण्डार, बन्यो थप शक्तिशाली

भदौ ३, २०७८
तालिबानले हात पार्‍यो हतियारहरूको भण्डार, बन्यो थप शक्तिशाली

तालिबानले अफगानिस्तानमा विजय हासिल गरेपछि आफ्नो पकड थप बलियो बनाएको छ । 

काबुल नियन्त्रणमा लिएपछि तालिबानको हातमा अर्बौं डलर बराबरको घातक हतियार परेको छ ।

उसले रुस र नेटोका हतियार फेला पारेको छ । हतियारको भण्डारमा हेलिकप्टरदेखि लिएर सशस्त्र गाडीसम्म छन् । अफगान सरकारका लागि रुसी हेलिकप्टर उडाउने पाइलटहरू तालिबानको सदस्य बनिसकेका छन् । 

तालिबानको हतियार भण्डारमा अमेरिकी एमआई–२४ अट्याक चपर्स र यूएच–६० ब्ल्याकहोल, रुसमा बनेको एमआई–८ १७ ट्रान्सपोर्ट र ब्राजिलमा बनेको ए–२९ सुपर टुकानो लाइट फाइटरहरू छन् । 

तालिबानसँग सयौं हम्भीहरू पनि छन् । हवाई आक्रमणलाई विफल तुल्याउन तिनीहरूलाई विशेष रूपमा मोडिफाई गरिएको छ । 

शस्त्रभण्डारमा लाखौं गोली, हजारौं ग्रिनेड, रकेट र विस्फोटक सामग्री छन् । यसबाहेक सयौं ट्यांकहरू पनि उसले हात पारेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्