२२ असार २०८३, सोमबार

अशरफ गानी भन्छन्– जुत्ता त लगाउन पाइनँ, के पैसा बोक्थें र ?

भदौ ३, २०७८
अशरफ गानी भन्छन्– जुत्ता त लगाउन पाइनँ, के पैसा बोक्थें र ?

अफगानिस्तानको सरकारी कोषबाट लगभग १७ करोड डलर लिएर भागेको आरोप लागेका अशरफ गनीले त्यो खबर सही नभएको बताएका छन् । 

गानी अहिले संयुक्त अरब अमिरातमा शरण लिएर बसेका छन् । बुधवार एउटा भिडियो सन्देश जारी गरी उनले देशमा रक्तपात नहोस् भनी आफू हिँडेको बताए । 

काबुल छोड्ने हतारोमा चप्पल खोलेर जुत्ता समेत लगाउन नपाएको उनको भनाइ छ । 

गानीले भने, ‘म एउटा आस्कोट र केही कपडा मात्र लिएर हिँडेको हुँ । मेरो चरित्रहत्या गर्ने प्रयास भइरहेको छ । मैले पैसा लिएर भागें रे । यो आधारहीन आरोप हो । तपाईंले भन्सार विभागका कर्मचारीलाई सोध्दा हुन्छ । मैले चप्पल खोलेर जुत्ता समेत लगाउन पाइनँ । मलाई अफगानिस्तान बाहिर लगियो ।’

गानीले थपे, ‘म काबुलमा बसिरहेको भए रक्तपातको प्रत्यक्षदर्शी हुनुपर्ने थियो । मैले सरकारी अधिकारीहरूको सल्लाहबमोजिम अफगानिस्तान छोडेको हो । काबुलमा शक्तिसंभर्ष भएर अर्को यमन वा सिरिया नबनोस् भनी म निस्केको हुँ ।’

यसअघि ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबारले गनीमाथि १६.९ करोड डलर चोरीको आरोप लगाउँदै अन्तर्राष्ट्रिय प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने बताएका थिए । गानीले राज्य र राष्ट्रप्रति विश्वासघात गरेको आरोप पनि उनले लगाए । 
 

salt training

कमेन्ट गर्नुहोस्