३२ असार २०८३, बिहीबार

सित्तैमा अमेरिकामा बस्न पाइन्छ कि भनी विमानमा झुण्डिएका अफगान किशोरको मृत्यु

भदौ ३, २०७८
सित्तैमा अमेरिकामा बस्न पाइन्छ कि भनी विमानमा झुण्डिएका अफगान किशोरको मृत्यु

अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि मानिसहरूको भागाभाग चलिरहेको छ । 

काबुल विमानस्थलमा विशाल भीड भेला भएको छ । । विमानमा मानिसहरू झुण्डिएको दृश्य देखिएको छ । अमेरिकाको सैन्य विमानबाट एकजना मानिस खसेको पनि देखिएको छ । 

विमानबाट खसेका ती व्यक्ति १७ वर्षीय किशोर थिए । ती किशोर आफ्ना भाइसँग काबुल विमानस्थल पुगेका थिए । उनको शव परिवारले लगिसकेको छ र भाइको बारेमा केही थाहा हुन सकेको छैन । 

दाजुभाइले अफगानिस्तानबाट २० हजार मानिसलाई क्यानडा वा अमेरिका लगिने हल्ला सुनेका थिए । त्यसपछि सित्तैमा क्यानडा वा अमेरिका गएर सेटल हुन पाइने आशामा उनीहरू विमानस्थल पुगेका थिए । परिवारलाई नबताइकन उनीहरू त्यहाँ पुगेका थिए । 

अमेरिकाको सैन्य विमान सी–१७ काबुल विमानस्थलबाट उड्नका लागि गुड्दै गर्दा विमानमा विशाल भीड थियो । उक्त विमानबाट खसेर तीनजनाको मृत्यु भएको बताइएको छ । 

ती किशोरको परिवारका एक सदस्यले बताएअनुसार, उनलाई नयाँ नयाँ कपडा लगाउने, बक्सिङ गर्ने र सामाजिक सञ्जाल चलाउने सोख थियो । अरू मानिस जस्तै ती किशोर पनि तालिबान शासनदेखि डराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्