३१ असार २०८३, बुधबार

माधव नेपालको पक्षमा २०% पुग्दैन, १३ जना सदस्य फिर्ता भए : महेश बस्नेत

माधव नेपालको पक्षमा २०% पुग्दैन, १३ जना सदस्य फिर्ता भए : महेश बस्नेत

नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को षड्यन्त्रमा राजनीतिक दल सम्बन्धी अध्यादेश आए पनि माधव नेपालको पक्षमा २०% केन्द्रीय सदस्य नपुग्ने दाबी गरेका छन् ।

माधव नेपालले बुझाएका ५८ केन्द्रीय सदस्यमध्ये १३ जना फर्किसकेको बस्नेतले दाबी गरे । 

बिहीवार भक्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले संसदीय दल र केन्द्रीय कमिटी कतै पनि २० प्रतिशत नपुग्ने बताए ।

‘माधव नेपालले निर्वाचन आयोगमा ५८ केन्द्रीय सदस्य र ३१ जनाको नाम बुझाउनुभएको छ । बिहानसम्म १३ जनाले नाम फिर्ता लिइरहेका छन्,’ बस्नेतले भने, ‘३१ जना सांसदमध्ये ७ जनाले नाम फिर्ता लिनुभएको छ ।’

बस्नेतले दलीय अनुशासन उल्लंघन गरेको आरोपमा कारवाही गरिएका १४ सांसदलाई कारवाही नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी दिए । ‘सरिता गिरीलाई जसपाले कारवाही गर्दा तत्कालै कारवाही गर्ने, टोपबहादुर र लेखराज भट्टलाई कारवाही गर्दा २४ घण्टाभित्र सूचना निकाल्नुभयो । एमालेले कारवाही गरेका १४ जनाको सन्दर्भमा ७२ घण्टासम्म सदर गर्नुभएको छैन,’ बस्नेतले भने, ‘आज कार्यकक्षमा गएर चेतावनी दिएका छौं । यदि कारवाही प्रक्रिया अगाडि नबढाए सशक्त र प्रतिरोधी कार्यक्रम गर्न बाध्य हुनेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्