
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा लगायतका पर्व मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सांकेतिक तवरले मनाउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै कोरोना भाइरस संक्रमणको जोखिम दर उच्च रहेकाले मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।
