
प्रहरी नायब निरीक्षक (सई)ले सेटिङ गरेको केराउ तस्कर प्रहरी जवानले समाइदिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले हिजो राती साढे १२ बजे गुलरिया नगरापालिका–१० बिनोद बर्माको मिल अगाडिको जमिनमा भन्सार छली गरेर लैजादै गरेको १ सय ६८ क्विन्टल केराउ बरामद गरेको थियो ।
त्यो भारत लखनउ रुरुक्पुरका व्यापारी गुड्ड खानले सेटिङ मिलाएर लैजादै थिए ।
सई विष्णु गिरी यस अघि रुपडिया नाकामा बसेका कारणले गुड्ड खानसँग राम्रो सम्बन्ध थियो ।
उनीहरुले आफुहरुले गरेको सेटिङ कसैलाई नभनिकन हिजो (भदौ ३) गते राती आरआइटीमा कार्यरत एक जना जवानले पक्राउ गरेपछि अहिले जिल्लामा हंगामा मच्चिएको छ ।
तर जिल्ला प्रहरी कार्यालय बर्दियाले विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पवन पछाई र सिमा प्रहरी चौकी मथुराबाट प्रहरी नायब निरीक्षक (सई) खड्कबहादुर डाँगीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताएको छ ।