काठमाडौं, १४ पुस– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आजको लागि तय गरेको एक घण्टे देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धिका विरुद्ध विप्लव माओवादीका जनवर्गीय संगठनहरुले विहान ९ बजेदेखि १० बजेसम्मको १ घण्टे देशव्यापी चक्काजाम तय गरेका थिए ।
आज लोसार पर्व परेकाले कार्यक्रम फिर्ता लिइएको सो पार्टीले जारी गरेको वक्तब्यमा उल्लेख छ ।