थाइल्यान्डका एक सांसदले प्रधानमन्त्री प्रयुत चान ओचालाई परम्परागत मार्सल आर्ट्समा भिड्न चुनौती दिएका छन् ।
४० वर्षीय सांसद मोङकोलकित सुक्सिनथारानोनले मार्सल आर्ट्समा हारेमा पदबाट राजीनामा दिने अनि जितेमा प्रधानमन्त्रीले आफ्ना तीनवटा माग पूरा गर्नुपर्ने बताएका छन् ।
फेसबूक पोस्टमार्फत उनले यसको घोषणा गरेका हुन् । एक हप्तादेखि उनले यसको प्रचारप्रसार गरिरहेका छन् ।
अन्य सांसदहरूभन्दा फरक व्यवहार देखाउने उनी युवाहरूबीच लोकप्रिय छन् ।
आफूले फाइट जितेमा थाइल्यान्डका मानिसको लागि मोडर्ना र फाइजर जस्ता खोप उपलब्ध गराउनुपर्ने, कोरोनाका कारण मृत्यु भएका मानिसको परिवारलाई रेखदेख गर्नुपर्ने र कोरानाबाट ठीक भएका रोगीलाई डोनेसनको व्यवस्था गर्नुपर्ने उनको शर्त छ ।
प्रधानमन्त्रीसँग आफ्नो कुनै दुश्मनी नरहेको तर देशमा कोरोनाले गरेको क्षति देखेपछि आफूलाई फाइट खेल्न आइडिया आएको उनी बताउँछन् ।
यस फाइटमा जम्मा तीन राउन्ड हुने र ती ३–३ मिनेटको हुने उनले बताए ।
पालाङ प्राचारथ पार्टीका एक नेताले मोङकोलकिट गैरकानूनी कुरा गरिरहेको र प्रधानमन्त्रीलाई धम्क्याइरहेको बताए ।