
२ देशका परिचयपत्र फेला परेपछि १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–२ का प्रमोदकुमार मण्डल छन् ।
नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) नाथु साहले जानकारी दिए ।
जिप्रकाबाट २०६२ भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नम्बर ६६७३ छ । जन्ममिति २०४६ जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र ०६७४५८७४ छ ।
उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही विहार ८५२१०५ उल्लेख छ । दुवै परिचयपत्रमा उमेर करीब १ वर्ष फरक देखिन्छ ।