१२ साउन २०८३, मंगलबार

वैधानिकताका लागि आवश्यक केन्द्रीय सदस्य र सांसदले हस्ताक्षर गरिसक्नु भयो : गंगालाल तुलाधर

वैधानिकताका लागि आवश्यक केन्द्रीय सदस्य र सांसदले हस्ताक्षर गरिसक्नु भयो : गंगालाल तुलाधर

नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका नेता गंगागाल तुलाधरले पार्टीको वैधानिकता लागि आवश्यक सदस्यले निर्वाचन आयोगमा हस्ताक्षर गरिसकेको बताएका छन् । 

अध्यक्ष माधव नेपालसहित पार्टीका सबै प्रभावशाली नेताहरूले सनाखत हस्ताक्षर गरेको तुलाधरले बताए । ‘पर्याप्त संख्याको हस्ताक्षर भएको छ, औपचारिक र वैधानिक रुपमा नेकपा एकीकृत समाजवादी दर्ता हुने क्रममा छ, आजै प्रमाणपत्र पाउँछौँ,’ तुलाधरले भने । 

आयोग स्रोतका अनुसार सवा १ बजेसम्म केन्द्रीय कमिटीका ५४ सदस्य र संघीय संसद्का २९ जनाले हस्ताक्षर गरेका छन् । सनाखतका लागि दिउँसो २ बजेसम्मको समय रहेकोले यो संख्या बढ्ने नेताहरूले दाबी गरेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्