२४ असार २०८३, बुधबार

एमाले उपमहासचिव पौडेलसँग चौथाइवालेको भेटवार्ता

एमाले उपमहासचिव पौडेलसँग चौथाइवालेको भेटवार्ता

भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलसँग भेटवार्ता गरेका छन् ।

आइतवारदेखि नेपालका विभिन्न नेताहरूसँगको भेटवार्तामा रहेका चौथाइवालेले मंगलवार पौडेलसँग भेटवार्ता गरेका हुन् । 

‘नेकपा एमालेका उपमहासचिव एवं पूर्व उपप्रधानमन्त्री पौडेलसँग भेट भयो । पारस्परिक हितको विभिन्न विषयमा गहिरो छलफल भयो,’ चौथाइवालेले ट्वीटरमा फोटोसहितको सन्देश लेखेका छन् । 

आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका चौथाइवालेले सोमवार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।   
 

salt training

कमेन्ट गर्नुहोस्